कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर

काठमाडौ, २१ भाद्र – शनिवार राजधानी काठमाडौं स्थित कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नमो हारती वचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमान्डौ वेष्ट तथा एफ एच ग्रुपद्वारा संयुक्त रुपमा आयोजित उक्त बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविरको उद्घाटन पूर्व सांसद तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले गरेका थिए ।
उल्लेख्य संख्यामा रक्तदाताले रक्तदान गरेको सो कार्यक्रमको स्वास्थ्य शिविर अन्तर्गत डेन्टल, युरिक एसिड, ब्लडप्रेसर, फिजियोथेरापी, हाडजोर्नी तथा नशा, म्यानुयल थेरापी तथा पेनरिलिफ, जनरल हेल्थचेक अप, ग्यास्ट्रिक, फिस्टुला, पाईल्स सुगर आदीको निशुल्क चेकजाच गरिएको थियो ।
आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर माझ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले संयुक्त रुपमा उक्त रक्तदान कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. का विभागिय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिए । साल्ट ट्रेडिङ्गले प्रत्येक बर्ष आफ्नो जन्म जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दै आर्इरहेको र यो २५ औं रक्तदान भएको पनि उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्