स्याङ्जाको गल्याङमा जीप दुर्घटना : एक बालकको ज्यान गयो, २२ जना घाइते

स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।
पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । तिज मनाएर फर्किएका महिलाहरु दुर्घटनामा परेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जीप दुर्घटना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्