Techie IT
शनिबार, मंसीर १३,२०७७

काठमाडौं महानगरका मेयर र उपमेयर फिनल्याण्ड भ्रमणमा


काठमाडाैं, १७ भदाै ।  काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा प्रस्थान गरेका छन् ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर र उपमेयर पाँच दिने भ्रमणका लागि फिनल्याण्ड गएकाे जनाए ।

मेयर र उपमेयर नै भ्रमणमा गएपछि महानगरको दैनिक प्रशासनिक लगायत कामकाज हेर्ने गरी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन भन्दै उनीहरू साेमबार फिनल्याण्ड गएका हुन् ।

काम गर्न नसकेकाे भनेर आलाेचना भइरहेका बेला फिनल्याण्ड भ्रमणमा प्रस्थान गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं महानगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545