Techie IT
मंगलबार, मंसीर ९,२०७७

यी हुन् नेपालीका एटीएमको पिन नम्बर ह्याक गरेर  करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिक


काठमाडौँ, १५ भदौ । एटीएमको पिन नम्बर ह्याक गरेर  करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

उनीहरु चीनबाट नै नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजनाका साथ नेपाल आएको देखिएको परिसरका एसएसपी सुवेदीले जानकारी दिए । उनीहरु पर्यटन भिसामा शुक्रवार नेपाल प्रवेश गरेका थिए।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताइएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई सार्वजनिक गरिएको हो ।

उनीहरुले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैकको एटीएमबाट निकालेको देखिएको छ । परिसरको विषेश टोलीले सूचनाको आधारमा उनीहरुलाई आइतवार बिहान नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

यसैबीच, एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो ।

चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए ।

रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए । आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुगानाले बताए ।

हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एटीएमको पिन नम्बर ह्याक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545