योगेश भट्टराईको एउटा काम:विपक्षीले पनि भने -वाह !

काठमाडौं, १४ भदौ/ओली सरकारका चर्चित मन्त्री योगेश भट्टराईको शनिवारको एउटा सानो काम देश विदेशमा चर्चाको विषय बनेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को रुपमा आफ्नो मन्त्रालयका प्रगति र योजना प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेस सभापतिलाई सुनाएर समर्थन लिएको तस्विर र समाचार सामाजिक सञ्जालमा भाइरल भएको
छ । विपक्षी र आलोचकहरुले समेत वाह भन्दै तारिफ गर्ने अवस्था भट्टराईले सुरु गरेको संस्कारले पाएको छ ।
शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठ स्थित निवास पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालय र पर्यटन सम्बद्ध राष्ट्रिय गौरवका योजनाको प्रगति र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउँदा पूर्व प्रधानमन्त्री देउवाले राम्रो काममा आफ्नो समर्थन रहेको जनाउनुभएको छ ।
मन्त्री भएर झण्डा हल्लाउँदै हिँडपछि आफ्नै पार्टीका कार्यकर्ता वा विषयविज्ञसमेतलाई वास्ता नगर्ने र गलत व्यक्ति तथा नीजि लाभका सम्बन्धको घेरामा परेर अल्झने संस्कारमा भट्टराईले सुरु गरेको सानो काम लोभलाग्दो राजनीतिक संस्कार भन्दै तारिफ पाईरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्