भारतकी पूर्व विदेशमन्त्री सुश्माको निधन

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो ।
सानै उमेरदेखि राजनीतिमा चासो राख्ने स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् ।
स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्