Techie IT
सोमबार, साउन ११,२०७८

गोँगबुमा गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु


काठमाडौं- गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए ।

टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आज बिहान बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो । 

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्