पेट्रोलियम पाइपलाइन : वार्षिक ३ अर्ब बचत हुने

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइनबाट इन्धन आउने भएपछि वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी बचत हुने भएको छ ।
भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ढुवानीबापत खर्च हुने उक्त रकम बचत हुने भएको हो । पाइपलाइनको माध्यमबाट भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म सिधै पेट्रोल आइपुग्छ ।
हाललाई डिजेलमात्रै आयात गर्नेगरी निर्माण भएको पाइपलाइन अंग्रेजी पात्रो अनुसार आगामी महिना अगस्टमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन हुने आयल निगमले जानकारी दिएको छ ।
डिजेल मात्रै आयात गर्दा पनि वार्षिक ३ अर्बभन्दा बढी रुपैयाँ बचत हुने निगमले जानकारी दिएको छ ।
हाल मोतिहारीबाट अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर (४० हजार लिटर) डिजेल आयात हुँदै आएको छ । मोतिहारीदेखि अमलेखगञ्जसम्मको ढुवानी रकम साढे २ रुपैयाँ प्रतिलिटर पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पेट्रोलियम पाइपलाइन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्