Techie IT
शुक्रबार, वैशाख १०,२०७८

ओली र प्रचण्ड विदेश जाँदै , कार्य विभाजन नै स्थगित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा निस्किने भएका छन् ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । उनी उपचारका लागि एक साता सिंगापुर रहने बताइएको छ ।

यस्तै, अर्का अध्यक्ष प्रचण्ड दुबई भ्रमणमा निस्किन लागेका हुन् । उनी परिवारसहित भोलि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनको भ्रमणका लागि दुबई जान लागेको उनी निकट श्रोतले जनाएको छ । प्रचण्ड साउन १९ गते स्वदेश फर्कने बताइएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ओली र प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्