Techie IT
शुक्रबार, वैशाख ३१,२०७८

अब सुरक्षा कर पनि उठाऔँ : गृहसचिव राई


काठमाडौँ, १२ साउन । गृहसचिव प्रेमकुमार राईले ‘सुरक्षा कर’ लिनुपर्ने प्रस्ताव गरेका छन् ।

राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा सचिव राईले निजी क्षेत्रका उद्योग र आयोजनाहरुबाट सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो ।

विधेयकको दफा ३ मा नेपाल प्रहरीको काम कर्तव्यको व्यवस्था छ । यही दफामा छलफलको क्रममा सचिव राईले सरकारले सुरक्षा प्रवन्ध मिलाइदिने तर,  नाफा निजी क्षेत्रले मात्र लिने गरेको भन्दै अब उनीहरुबाट सुरक्षा कर लिनुपर्ने धारणा राखेका हुन् ।

प्रस्तावित विधेयकमा नेपाल सरकारले तोकेका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, विमानस्थल, राष्ट्रिय राजमार्ग र कुटनीतिक नियोगको सुरक्षा गर्ने अधिकार नेपाल प्रहरीलाई दिने उल्लेख छ ।

समितिको बैठकमा भाग लिँदै सांसदहरुले नेपाल प्रहरीलाई बिभिन्न आयोजनाहरुको सुरक्षामा खटाउन नहुने बताएका थिए । नेपाल प्रहरीलाई अपराध र अनुसन्धानमा मात्रै सीमित गर्नुपर्ने सांसदहरुको राय थियो ।

बैठकमा सांसदहरु जनार्दन शर्मा, नवराज सिलवाल र दिलेन्द्रप्रसाद बडु लगायतले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा मात्र गर्न दिने र सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने धारणा राखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेमकुमार राई


तपाईको कमेन्ट लेख्नुहोस्