कांग्रेस पर्वतका सचिवले बालाजुको हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर गरे आत्महत्या

नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन् । श्रेष्ठले आज बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
पछिल्ले समय अख्तियारले छानविनका क्रममा बोलाएपछि तनावमा रहेका श्रेष्ठले अन्तत आज सिटी सेन्टरबाट हाम फालेर ‘आत्महत्या’गरेका छन् । अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन ।
श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए ।
श्रेष्ठ लाइन्स क्लव अफ डिष्ट्रिक ३२० बी वानको पूर्वगभर्नरसमेत हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस पर्वतका सचिव
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्