Techie IT
बुधबार, असोज १४,२०७७

तारकेश्वरको शेषमति–पैंयाटार सडकमा डेढ करोड बजेट, भ्रष्ट्रचार भएको आशंका


काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका र ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण नगरपालिका–४ मा पर्ने शेषमति–पैंयाटार सडकखण्डको निर्माण कार्य अलपत्र बनेको छ । डेढ करोडको बजेटमा निर्माण हुने सो सडकखण्ड ठेक्का पाएको लामो समयसम्म सुरु हुन नसक्दा नगरपालिकाका अधिकांश वडाका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन । शेषमति क्षेत्रको वारिपारि दुवै सडक अलपत्र अवस्थामा छ । शेषमती पुलदेखि जरंगु क्षेत्रसम्म पुग्ने बाटोको हालत पनि उस्तै छ । त्यहाँ पनि ठेकेदार कम्पनीको उस्तै लापर्बाहीका कारण सो बाटो पनि वर्षांैदेखि बन्न सकेको छैन । सो स्थान काठमाडौको क्षेत्र नम्बर ७ मा पर्छ । यस क्षेत्रका सांसद रामवीर मानन्धरले पनि बाटो निर्माणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ ।

ठेकेदार कम्पनी र नगपालिकाकोको चरम लापर्बाहीका कारण सडक नबन्दा सडकमै पानी जमेर हिलो हुने र हिलो सुकेपछि धूलो उड्ने समस्याका कारण वर्षांैदेखि अप्ठ्यारोमा परेको स्थानीयले गुनासो गरेका छन् । वर्षायामसँगै शेषमति पैयाटार सडकखण्ड खण्ड दिनहँु आहाल बनिरहेको छ । सडकको धेरै भाग खेत रोप्न तयार पारिएको बारी जस्तै हुने गरेको छ । ‘सो सडकखण्डमा हिड्ने अधिकांश बासिन्दाको प्रश्न हुने गरेको छ, ‘नगरपालिका र वाडा कार्यालय किन यति धेरै गैरजिम्मेवार ? कहाँ भाग्यो ठेकेदार कम्पनी ?’ सडकको दुर्दशा हेर्दा नगरपालिका र पदाधिकारी नै नभएको जस्तो देखिने गरेको छ । नगरपालिकाका पदाधिकारीलाई कुनै मतलब छैन । छिटो काम नथाल्ने ठेकेदारलाई किन कारबाही हुँदैन ? स्थानीयको प्रश्न छ ‘यो सडक हो कि खेत हो ? नगरपालिकाले हामीलाई जवाफ दिनुप¥यो । ’

–नगरपालिका र ठेकेदारको लापर्बाहीले सडक भने अलपत्र

–हिलोको सास्ती 
–६ महिनासम्म सडकको काम नै सुरु भएन 
–काम एक रिटेलिङ बाल मात्रै

नगरपालिको वडा नम्बर ४ अन्र्तगत पर्ने शेषमति–सानोपुल–मिलन बस्ती–सनफ्लावर स्कुलदेखि पैंयाटारसम्मको एक किलोमिटरभन्दा बढी सडक ठेक्का पाएको ६ महिनासम्म पनि काम नै सुरु हुन नसकी वर्षा सुरु भएसँगै समस्या बढेको हो ।
सडकखण्ड अनुगमनको जिम्मेवारी पाएका नगरपालिकाका साइट इन्जिनियर मिलन अर्यालका अनुसार सडक निर्माणको ठेक्का गौरीशंकर कन्ट्रक्सनले पाएको छ । कम्पनीले डेढ करोडमा सडक निर्माणको जिम्मा पाएको हो ।
‘पानीको निकास नहुँदा लामो समयसम्म पनि पानी जमेर बस्ने र यसबाट खाल्टाखुल्टी भरिएर सडक रोप्न ठीक पारेको खेतजस्तै भएका छन् ।’ सानोपुलमा फलफूल तथा तरकारी बजार सञ्चालन गर्दै आएका महेश ओली भन्छन् । उनी कैयौंपटक दुघर्टनाको साक्षी बनेको अनुभव सुनाउँछन् । बाटोमा खाल्टो परेर पानी जमेपछि अनियन्त्रित बन्ने ठूला सवारीसाधन घर र सटरमा ठोक्किने गरेको उनको भनाइ छ ।

राजधानी दैनिक बाट


क्याटेगोरी : समाचार
ट्याग : #षमति–पैंयाटार सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!