५ लाख नेपाली कामदार जापान पठाउने प्रक्रिया अन्तिम चरणमा

नेपालीहरुको आर्कषणका रुपमा रहकेो जापानमा जानको लागि भाषा परीक्षाका बारेमा नयाँ अपडेट आएको हो । नेपाल र जापानबीच गएको चैतमा श्रम समझदारी भएको थियो । समझदारी अनुसार जापानले निर्धारण गरेका १४ वटा कामका क्षेत्रमध्ये अहिलेलाई ‘नर्सिङ केयर गिभर’को काममा नेपाली कामदार लैजाने जानकारी दिएको छ ।
आउँदो कात्तिकमा भाषा र सीप परीक्षण हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान फाउण्डेशनले कात्तिक ११ र १२ मा भाषा परीक्षा तथा २१ र २२ मा सीप परीक्षण सञ्चालन गर्ने मिति आफ्नो वेवसाइटमा राखे पनि मन्त्रालयलाई आधिकारिक मिति तोकेर पत्र नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले जानकारी दिनुभयो ।
आउँदो अप्रिल १ देखि नेपाली कामदार लैजाने प्रक्रिया थाल्ने गरी श्रम समझदारी भए पनि कामदार जापान पठाउने सन्दर्भमा अझै पनि धेरै कुराहरु स्पष्ट भएका छैनन् । कहिलेदेखि कामदार लैजाने, कति संख्यामा लैजाने भन्ने कुरा अझै टुंगो लाग्न बाँकी छ । अस्पष्ट भएका कतिपय कुरामा नेपालले जापानलाई पत्र पठाएको छ । अहिले जापानले जवाफ नदिएको भन्दै आधिकारिक जानकारी नआएसम्म भन्न सक्ने अवस्था नभएको उहाँले जानकारी दिनुभयो ।

जापानले कामदार लैजान छनोट गरेका क्षेत्रहरूमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, निर्माण उद्योग, सरसफाइ, मत्स्य, हवाई सुरक्षालगायत छन् । जापानले आवश्यक पर्ने नर्सिङ केयरगिभरको काममा नेपालसहित चीन, भियतनाम, फिलिपिन्स, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, इन्डानेसिया र मंगोलियाबाट कामदार लैजाने बताएको छ ।
नेपाल र जापानबीच श्रम समझदारी हुँदा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाली कामदारले जापानी नागरिक सरह सेवा सुविधा पाउने बताउनुभएको छ । दुई देशबीच हस्ताक्षरको प्रक्रियामा रहेको एमओसी अनुसार कामदार पठाउन म्यानपावर कम्पनीहरू रहने छैनन् । तर अहिलेसम्म कुन संयन्त्रमार्फत कामदार जान्छन् भन्ने कुरा टुङ्गो लागेको छैन । जापानमा नेपाली श्रमिकका लागि पाँच वर्षको करार अवधि हुने र उच्च सीप भएका कामदारले समय थप्न सक्ने र परिवार लान पाउने प्रावधान दुई देशबीच भएको समझदारीमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्