ओढारबाट भेटियो १२ किलो सुन

गोरखा । गोरखामा ओढारमा लुकाएर राखेको १२ किलोग्राम सुन भेटिएको छ । गोरखाको धार्चे गाउँपालिका –३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको हो । बिहीबार प्रहरीले चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १२ ढिक्का सुन बरामद गरेको हो ।
गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले ओढारमा लुकाएको सुन बरामद भएको तर त्यसको परिमाण यकीन हुननसकेको बताए ।
उनले भने, ‘यति नै किलो छ भनेर अहिले भन्न सकिदैन, मान्छे समातेर ल्याउदै छौं, थप कुरा अनुसन्धान पछि थाहा हुनेछ ।’ यसअघि काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमललाई पक्राउ गरेर ओढारमा ल्याएपछि उनले सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #१२ किलो सुन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्