गुल्मी अपडेड : मृतकको संख्या १३ पुग्यो

९ साउन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार नेपाली सेनाले तीन दिनदेखि वेपत्ता शव फेला पारेपछि मृतकको संख्या बढेको हो । सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए ।
वडा नम्वर ३ लिम्घामा सोमवार पहिरोले घर बगाउँदा मंगलबार सम्म एकै परिबारका निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।
पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई बुधबार परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उपचारका लागि हेलिकप्टर राखेर काठमाण्डौ ल्याएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्यवती गाउँपालिका
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्