Techie IT
आईतबार, मंसीर १२,२०७८

गाडी खरीद गर्ने कुनै पनि व्यक्तिलाइ उसको आम्दानीकाे क्षमता हेरेर मात्र कर्जा


गाडी खरीद गर्ने कुनै पनि व्यक्तिलाइ उसको आम्दानीकाे क्षमता हेरेर मात्र कर्जा उपलव्ध हुने भएकाे छ ।

व्यापार घाटा न्यूनीकरण कार्ययोजनामा गाडी कर्जाको सीमालाई घटाउने व्यवस्था अनुसार मौद्रिक नीतिले कडाई गर्ने अनुमान गरिएको थियो तर, व्यवसायीहरूको बिरोधका कारण मौद्रिक नीतिमा घुमाउरो पाराले कर्जालाई कसिलो बनाइर्एको छ । 

मौद्रिक नीतिमा गैर–व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात (डिटिआई) लाई अनिवार्य हेरिने भएको छ ।

डिटिआई भन्नाले कुनैपनि व्यक्तिले लगेको कर्जा उसको आम्दानीसँग मेल खान्छ कि खाँदैन भनेर हेरिने  बिधि हो । नयाँ व्यवस्थाले व्यक्तिको आम्दानी अनुसार किस्ताको सावा र ब्याज तिर्न सक्ने गरी मात्रै ऋण प्रवाह गरिने छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #गाडी खरीद


तपाईको कमेन्ट लेख्नुहोस्