पूर्वगृहमन्त्रीको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने निर्णय

सरकारले पूर्वगृहमन्त्रीको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने निर्णय लिएको छ । सुरक्षा थ्रेट नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरुले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो ।
गृहमन्त्रालयमा आयोजित सञ्चाकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा गृहसचिव प्रेमकुमार राई सबै पूर्वगृहमन्त्रीहरुको सुरक्षामा खटाइएका सशस्त्र र नेपाल प्रहरीका टोली फिर्ता गर्न लागिएको बताएका हुन्।
विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन्। केहीलाई सुरक्षा थ्रेटका आधारमा खटाइएको छ, राईले भने, केही नखटाउनुपर्ने ठाउँमा फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ। सबै पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुन लागेका छन्। गृहसचिव राईले कञ्चनपुरकी निर्मला पन्त ह त्याका ण्डको अहिले पनि छानबिन भइरहेको बताएका छन्।
उनले यो केश निरन्तर छानबिनका क्रममा रहेको स्पष्टीकरण दिए। त्रिभुवन विमानस्थलबाट भइरहेको सुन त स्करीको छानबिन प्रतिवेदन कार्यान्वयनमा गइरहेको उनले बताए। राईले सुन त स्करीमा मुछिएका व्यक्तिमाथिको सुनुवाइमा बदमासी गरेका अदालतका कर्मचारीमाथि पनि कारबाही भइरहेको जानकारी दिए।
सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउँदै समितिबाट कम्पनीमा ल्याएको उनले बताए। ट्रकहरूलाई पनि कम्पनीमा ल्याउने काम भइरहेको उनले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्