म्युजिक भिडियोको सफल सम्पादक शक्ति घिमिरे अब निर्देशनमा पनि

काठमाडौं । एक दशकदेखि फिल्म तथा म्युजिक भिडियो सम्पादनमा क्रियाशिल शक्तिप्रज्वल घिमिरेद्धारा निर्देशित म्युजिक भिडियो ‘तिम्रो खुसीमा’ को फस्ट लुक सार्वजनिक भएको छ । खुसी इन्टरटेन्टमेन्ट प्रा।लि।द्धारा निर्मित म्युजिक भिडियोमा ऋचा थापा, सुदिप न्यौपाने, अस्मिता विक र मोहन आचार्यको अभिनय रहेको छ ।
ह्वाइट मिडिया प्रा.लि.द्धारा उत्पादित म्युजिक भिडियोमा एलिना चौहानको स्वर रहेको छ भने नृपेश उप्रेतीले शब्द र संगित दिएका छन् ।

छायांकन र सम्पादनमा विताएको एक दशक बढिको अनुभवलाई समेटेर म्युजिक भिडियोको निर्देशन गरेका घिमिरे गितले बजार तताउनेमा ढुक्क छन् । उनी भन्छन्–‘मैले १० वर्ष भन्दा बढि भिडियोग्राफी पेशामा विताएको छु । त्यहि अनुभवलाई समेटेर पहिलो पटक म्युजिक भिडियोको निर्देशन गर्ने जमर्को गरेको छु । सबै दर्शक तथा स्रोताहरुले मन पराईदिनु हुन्छ भन्नेमा विश्वस्त छु ।’
निर्देशक घिमिरेले आम दर्शक तथा स्रोतसँग सुझाव र सल्लाहको अपेक्षा गरेको समेत बताएका छन् । म्युजिक भिडियो भने एक साता भित्र खुसी इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिने निर्देशक घिमिरेले बताए ।

‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस तिम्रो काख’ गितको कभर गाएर चार्चामा आएकी गायिका चौहानले ‘तिम्रो खुसीमा’ पनि उस्तै स्वर भरेकी छन् । नायिका ऋचा थापाको अभिनय पनि दमदार रहेको छ, म्युजिक भिडियोमा । यहि म्युजिक भिडियोमा सुदिप न्यौपानेले डेब्यु समेत गरेका छन् ।
श्रव्य दृष्य सामाग्री निर्माण गर्दै आएको ह्वाइट मिडिया प्रा।लि।को सम्पूर्ण टिमको अथक परिश्रम र मेहनतले म्युजिक भिडियोलाई राम्रो भन्दा राम्रो बनाउने प्रयास गरिएको निर्देशक घिमिरे बताउँछन् । संगितकार तथा खुसी इन्टरटेन्टमेन्टका सञ्चालक उप्रेती स्थापितहरुसँग ससम्मान सहकार्य गर्नुको साथै खुसीको मुख्य उद्देश्य भनेको नयाँ प्रतिभाहरुलाई अवसर दिनु नै रहेको बताउँछन् ।
खुसी इन्टरटेन्टमेन्टको पहिलो सौगातको रुपमा बजारमा आएको ‘तिम्रो खुशीमा’ संगितकार उप्रेतीले पनि साथ र सहयोगको अपेक्षा गरेका छन् ।
साभार माई न्यूज नेपाल
क्याटेगोरी : समाचार
ट्याग : #शक्ति घिमिरे
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्