निर्धारित समयमा महाधिवेशन गर्न नसकिने, देउवाको कार्यकाल एक वर्ष थपिने

काठमाडौं । निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन गर्न सकिने दाबी गर्दै नेतृत्व कामै नगरी कार्यकाल बढाउन लागेको आरोप लगाएको छ ।
महाधिवेशन, पार्टीका तल्ला तहका संरचना गठन, विभाग केन्द्रीय कार्यसमिति र म्याद सकिएका भातृ संस्थाको अधिवेशन तथा तदर्थ समिति गठन लगायतका विषयमा छलफल गर्न देउवाले आफू निकटको बैठक बोलाएका थिए ।
बैठकले कार्यकाल एक वर्ष लम्ब्याउने र ०७७ फागुनभित्र महाधिवेशन गर्न तयारी थाल्ने निष्कर्ष निकालेएको बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए । देउवाको चार वर्षे कार्यकाल आगामी फागुनबाट सकिन लागेको सन्दर्भमा विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष थप्न लागिएको हो ।
यो खबर आजको कान्तिपुर दैनिकबाट ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्