Techie IT
सोमबार, असोज १५,२०८०

बनेपामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु ,दुई घाइते


असार २७- काभ्रेको बनेपा नगरपालिका–३ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।

बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #बनेपामा पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Light Rain
5:56 am5:49 pm +0545