Techie IT
बिहीबार, असार १०,२०७८

मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु


काठमाडौं । शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलपानीमा ३ जनाको मृत्यु भएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले एकै परिवारका सदस्यको पर्खालले पुरिँदा ज्यान गएको पुष्टि गरे । 

मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।  मृतक एकै परिवारका हुन् । 


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:0919:03 +0545