नेपाली कुलिनरी अवार्डको आयोजना हुने

काठमाडौं, २३ । अषाढ ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड हुने भएको छ ।
सोमबार पिँगलास्थानमा पत्रकार सम्मेलन आयोजना गरी फूड फेस्ट तथा अवार्डको आयोजना बारे जानकारी गराईएको हो ।फेस्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते फुड फेस्ट र कुलिनरी अवार्ड गर्ने कार्यक्रम रहेको छ ।
२८ गते बत्तिस पुतली स्थित अनुपम बैंक्कैटमा हुने कार्यक्रममा सिक्किम विश्वविधालयका डिन समेत रहेका हिमाली खानाका अन्वेशक प्रा। डा। ज्योतिप्रकाश तमाङले हिमाली खाना सम्बन्धी प्रस्तुती दिनेछन् ।
पत्रकार सम्मेलन माझ बोल्ने क्रममा ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले नेपाली खानालाई प्रवर्धन गर्ने तथा नेपाली सेफहरुलाई उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।
सम्मेलन माझ पत्रकारहरुले राखेका सवाल उपर फेडेरेशनका अध्यक्ष भण्डारी, महासचिव मोहन गजुरेल, सचिव प्रेम घिसिङलाल लगायतले जवाफ पेश गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #ग्लोबल नेप्लिज सेफ फेडेरेशन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्