६२ वर्षीय कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले तेस्रो विवाह गर्ने

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् ।
नेपाली कांग्रेसका नेता कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन् । कार्कीले विवाह गर्न लागेकी युवतीको उमेर अन्दाजी ३६ वर्ष रहेको स्रोतको भनाइ छ ।
पूर्वमन्त्री समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग स्वयंवर गरेका हुन् । ६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो ।
कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन् । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ । कांग्रेस नेता कार्कीकी एक जना छोरी पनि छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्