तरकारी तथा फलफुलको विषादी परिक्षण रोकीदा कृषक समूह महासंघको यस्तो बिज्ञप्ती

काठमाडौ । नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु जनउत्तरदायी सरकारको पहिलो कर्तब्य हो । नेपालले यसलाई संविधानको मौलिक हकको रुपमा सम्बोधन गरेको छ । कानुनी रुपमा यसले ठूलो महत्व राख्दछ । मौलिक हकको रक्षा गर्नु राज्यको दायित्व हो । सुखी नेपालीको परिकल्पना हरेक स्वस्थ नेपालीसंग गाँसिएको छ ।
यसको लागि करोडौ नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने गरी विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल आयत हुँदै आएकोमा नेपाल सरकारले भारत लगायत अन्य तेश्रो मुलुकबाट आयात गरिने फलफूल तथा तरकारी जन्य खाद्य पदार्थको विषादी परिक्षण विना नेपाल प्रबेश गर्न नदिने निर्णय गरेकोमा आम नेपालीले स्वागत गरी सरकारलाई धन्यवाद दिदै नेपाली कृषि उत्पादनले उचित मूल्य पाउने अवसरको शुरुवात भएको अवस्थामा उपभोक्ता एवं उत्पादक किसानको हितमा हुने गरी गरिएको निर्णय फिर्ता लिई विषादी परिक्षण रोक्ने सरकारको निर्णय प्रति कृषक समूह महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
आम नेपाली किसान र उपभोक्ताको हितमा प्रकृयागत निर्णय भई कार्यान्वयन भईरहेको अवस्थालाई ध्यान दिई खुट्टा नकमाई विषादी परिक्षण रोक्नेगरी भएको सरकारी निर्णय अभिलम्ब फिर्ता लिन र परिक्षणको प्रविधिलाई तत्काल सवल बनाई विषादी परीक्षण सुचारु गर्न कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #कृषक समूह महासंघ, #फलफुलको विषादी परिक्षण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्