Techie IT
शनिबार, असोज १०,२०७७

गोंगबुको शुभकलश गेष्ट हाउसमा भेटियाे युवककाे शव, काेठामा चुराेटका ठुटा र भियग्रा औषधि


काठमाडौं । काठमाडौँको गोंगबुस्थित एक होटलमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार साँझ आफ्नी प्रेमिकासँग गोंगबुको शुभकलश गेष्ट हाउसमा बस्न पुगेका युवक मृत अवस्थामा भेटिएका हुन् ।

गेष्ट हाउसको १०४ नम्बर कोठमा २५ वर्षीय प्रमोद गुरुङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । काभ्रे घर भएका गुरूङको मृत्युको कारण भने खुल्न सकेको छैन । 

प्रहरीका अनुसार होटलको कोठामा गाँजा खाएर फालिएका चुरोटका ठुटा र यौन उत्तेजनावर्द्धक औषधि भियग्रा भेटिएको छ । 

प्रहरीले हाल गुरूङकी प्रेमिका र होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #युवककाे शव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!