Techie IT
शनिबार, मंसीर २०,२०७७

मापदण्ड पूरा नगरी घर बनाए बिजुली नदिने विद्युत प्राधिकरणको ‘बोल्ड’ निर्णय


काठमाडाैँ, १७ असार ।  नेपाल विद्युत प्राधिकरणले तोकिएको विद्युतीय लाइनको मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण गरेमा बिजुली सेवा उपलब्ध नगराउने भएको छ ।

विद्युत वितरण नियमावली २०५९ को विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निचित दूरी छाड्नुपर्ने व्यवस्था छ । विनियमअनुसार २३०/४०० देखि ११ हजार भोल्टेसम्म लाइनका तरबाट घर वा घर परिसरमा रोएकिो रुखको दूरी १ दशमलव ५ मिटर दूरी हुनुपर्छ ।

पछिल्लो सयम विजुलीको तार र घरबीच तोकिएको दूरी मिचेर घर बनाउने क्रम तीव्र भएपछि प्राकिरणले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर त्यस्ता संरचनाको नक्सा पास नगर्न जानकारी दिएको हो ।

११ हजारदेखि ३३ हजार भोल्टेजसम्का बिजुली लाइनसँगै घर बनाउँदा रुख या घरबाट २ मिटर दूरी छाड्नुपर्छ ।

यदि घर र लाइनको तारबीच तोकिएको दूरी नछाडी घरसहितका भौतिक संरचना तयार गरे त्यस्ता घरमा बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरण बाध्य नहुने पत्रमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545