आफ्नै आमाको हत्या गर्न छाेरीले दिइन १२ लाख रुपैयाँको सुपारी

काठमाडाैँ, १६ असार । भक्तपुरमा आफ्नै छाेरीले आमाको हत्या गराएको खुलेकाे छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको हो ।
हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
भट्टराईलाई भक्तपुर, नौसादलाई धादिङ र भोला कुमार तथा मोहम्मद रहिशलाई मकवानपुरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी ईश्वरीको घरमा आएकी ६१ वर्षीया सावित्री भट्टराईको आइतबार बिहान घाँटी रेटेर हत्या भएको थियो।
ईश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय ‘अर्जुन कुमार’ भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आफ्नै आमाको हत्या
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्