दुर्गा प्रसाईंको अभियानप्रति राप्रपामा दुई धार

काठमाडौं । दुर्गा प्रसाईंले मंसिर ७ गते गर्ने कार्यक्रमलाई लिएर देशको प्रमुख राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ ।
वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आज एक विज्ञप्ति नै जारी गरेर प्रसाईंको भेलामा पार्टीको नैतिक समर्थन र सहयोग रहनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान/जनप्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरुको सहानुभूति र समर्थन स्वाभाविक हुन आउँछ । अतः मंसिर ७ २०८० मा हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनुहुँदैन भन्ने मेरो स्पष्ट धाराणा छ ।’
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको विचार पनि डा. लोहनीसँग मिल्दोजुल्दो छ । उनले सामाजिक सञ्जालमार्फत प्रसाईंको अभियानप्रति समर्थन जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राप्रपामा दुई धार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्