Techie IT
बिहीबार, मंसीर १४,२०८०

ललितपुर सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फ्याँक्नेहरुलाई सामाजिक कार्वाही हुने


ललितपुर महानगरपालिका वडा नं २ सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फ्याँक्नेहरुलाई सामाजिक कार्वाही हुने गरी स्थानीय समुदाय सचेत हुनुपर्नेमा शनिवार आयोजित सरसफाई अभियानका अभियन्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् ।

स्थानीय समुदायले नै सार्वजनिक स्थानमा फोहोर फ्याँक्नेहरुलाई सामाजिक बहिष्कार गर्ने अभियान सुरु गर्नुपर्नेमा वडाध्यक्ष राजेश महर्जनले जोड दिनुभयो ।

विगत ५ वर्षदेखि सञ्चालन भईरहेको ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानको १९२ औँ कार्यक्रममा शनिवार वडाध्यक्ष महर्जन तथा स्थानीय समुदायका अग्रज एवम् प्रतिनिधिहिरुले यस्तो जोड दिएका हुन् ।

ललितपुर महानगरपालिका वडा नं २ सानेपामा शनिवार आयोजित कार्यक्रममा ललितपुर महानगरपाालिका वडा नं २ का अध्यक्ष महर्जनले ५ वर्षदेखि जनचेतना अभियान चलाउँदा पनि नसुध्रनेहरुलाई स्थानीय समुदायले आफ्नो आफ्नो ठाउँबाटै त्यस्ता व्यक्ति पहिचान र समुदायमा अस्वीकृत र बहिष्कार गर्न सुरु गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, सानेपा प्रहरी प्रभाग, स्थानीय बासिन्दाहरु र विभिन्न सरोकारवालाहरु समेत गरी ६० जनाको सहभागिता रहेको अभियानका फोकल पर्सन लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

ललितपुर चक्रपथको बाहिरी ट्रयाकमा रहेको इन्द्रायणी हाईटदेखि सुरु गरेर बल्खु पुलतर्फको खण्डमा अभियानका क्रममा सफाई गरिएको थियो । सहभागीहरुको टोलीले बिहान ७ः३० देखि ९ः०० बजेसम्म धुलो उठाउने, जाम भएको माटो सफा गर्ने र फोहोर हटाउने काम गरेको थियो । सङ्कलन गरिएको करीब ५ टन फोहरलाई ट्रकद्वारा ढुवानी गरी व्यवस्थापन गरियो ।

कार्यक्रममा अभियानका सल्लाहकार एवं नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले समुदायको सक्रियता र तदारुकता बेगर अभियानले मात्रै शहर सफा स्वच्छ र सभ्य नहुने बताउँदै स्थानीय समुदाय जागरुक हुनुपर्नेमा जोड दिनुभयो । दाहालले फोहोरमुक्त सडक र गल्लीहरू सभ्यताको प्रतिक भएकोतर्फ समुदायको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

यो अभियान २०७५ माघ १२ मा सुरु भई हरेक शनिबार बिहानको साढे एक घण्टा ललितपुरका सडक सफा गर्दै नियमित सञ्चालनमा छ । यो अभियान ललितपुरको फोहर व्यवस्थापनमा क्रियाशील ८ वटा कम्पनीहरुको संयुक्त आयोजनामा सञ्चालित छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ललितपुर सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फ्याँक्नेहरुलाई सामाजिक कार्वाही हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Haze
6:35 am5:08 pm +0545