फ्लाइटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक नाजिर हुसैन सम्मानित

काठमाडौं, ८ असाढ – विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी हुसैन शिवपुरी मिडिया नेटवर्कको प्रा.लि.को तेस्रो,अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव कार्यक्रममा सम्मानित भएका छ ।
उनि सहित सम्मानित हुने मा कारोवार दैनिकका गजेन्द्र बुढाथोकी,कृषि क्षेत्रमा योगदान गर्ने रामप्रसाद पुडासैनी,तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला,पत्रकार राजु भट्ट, विकास थपलिया,मुकुन्द कालिकोटे,बलराम खड्का,चन्द्रिका आचार्य,अनुज कुमार श्रेष्ठ,माधव प्रकाश सुवेदि लगायत रहेका छन् ।
शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे। नेपाल पुलिस क्लवमा आज आयोजित बार्षिकोत्सव कार्यक्रममा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.ले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपाङ्गता सहायता कोषको घोषणा गरिएको थियोे ।

पुतलीसडक र चुच्चे पाटी अवस्थित केवल टावर मा नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक हुसैनले एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् ।
हुसैनले सयौं विधार्थीहरुलाई विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसरदिलाएका छन। हुसैनले यसअघि ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’तथा नेपाल हस्पिटालिटी अवार्ड लगाएत सयौं अवार्डका साथै बिशेष सम्मान बाट सम्मानित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नाजिर हुसैन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्