गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएको भन्दै रामवीरले माग गरे सञ्चारमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गेठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए ।
‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’
मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलार्य सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्