समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपालटार एरीयाको खोला सफाई

तारकेश्वर काठमाडौ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बिहान नेपालटार एरियाको बिष्णुमती खोला किनाराको सडक सरसफाई गरिएको छ ।
महानगरिय प्रहरी बृत बालाजुबाट खटिएको प्रहरी टोली, लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजालका पदाधिकारीहरु, नेपाली सेना, सृजनशिल तथा उर्जाशिल योगा केन्द्रका पदाधिकारीहरु लगायत स्थानिय मानिसहरु र विभिन्न स्थानिय क्लबहरुको सक्रियतामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपालटार एरीया
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्