इजराइलद्वारा गाजास्थित शरणार्थी शिविरमा भीषण आक्रमण, ५० जनाको मृत्यु

इजराइली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ । जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ ।
शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन् ।
घटनास्थलका तस्वीरहरुले घरहरु भएको ठाउँमा कतै ठूला खाडल परेको देखिएको छ भने कतै घरहरु माटोमै बिलाएका छन् । आक्रमणमा परेको शरणार्थी शिविर इजराइलले मानिसहरुलाई आफ्नो सुरक्षाका लागि पहिले नै छोड्न भनेको थियो ।
इजराइलले गाजामा हवाई आक्रमण जारी राखेको छ । हिजो एकैदिनमा ३ सय वटा निसाना बनाएर आक्रमण गरेको इजराइलले जनाएको छ । इजराइली स्थल सेना माथि विद्रोहीहरुका तर्फबाट एन्टी-ट्याङ्क मिसाइल र मेसिन गनबाट आक्रमण गरिएको बताइएको छ ।
हमासले गत ७ सेप्टेम्बर मा इजराइल माथि अचानक आक्रमण गरेपछि इजराइलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, देश परदेश
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्