ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न

ललितपुर, २९ ज्येस्ठ- ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तथा एब्रोईडरी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ५ नम्बर वडाको आयोजना र श्रीजनसिल महिला सीप बिकाश केन्द्रको सह आयोजनामा संचालित उक्त तालिम एक महिनासम्म संचालनमा आएको थियो । तालिम सम्पन्न भएसँगै ज्येस्ठ २८ गते मंगलवार समापन कार्यक्रम राखिएको थियो ।
सोही कार्यक्रम माझ ललितपुर महानगरपालिका, समाज कल्याण समितिका संयोजक दिनेश कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक कार्कीले ललितपुर महानगरपालिका क्षेत्र भित्र स्वरोजगारमुलक कार्यक्रमले प्राथमिकता पाउदै आएको बताउदै प्राप्त सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
त्यसैगरी ललितपुर महानगरपालिका ०५ वडाका अध्यक्ष विकास मान श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्यका साथ निशुल्क तालिमको ब्यवस्था गरिएको बताउदै यस्ता जीवन उपयोगी शिपलाई ब्यबहारमा लागु गर्न सके मात्र तालिमको अौचित्य पुस्टि हुने धारणा राखे ।
तालिमका प्रशिक्षकद्वय दिपा शाक्य र निर्मला शाक्यले एडभान्स मखमली जुत्ता बनाउने तालिमबाट मनग्य आम्दानी गर्न सकिने जनाउदै आफूले सिकेको सिपलाई त्यसै खेर जान नदिन आग्रह गरे । कार्यक्रममा महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठ, वडा सदस्य अशोक श्रेष्ठ, पुनम निरौला लगायतको ऊपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मखमली जुत्ता
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्