प्रेममा परेर आफ्नै बच्चा खोलामा फाल्ने आमा पक्राउ

मोरङ उर्लाबारी नगरपालिका–६ स्थित नवनिर्मित बसपार्क छेउनजिकै मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा शिशु फेला परेको छ ।
बेबारिसे अवस्थामा भेटिएको बच्चाको आमा को हुन् भनेर खोजतलास गर्दै जाने क्रममा इलामकीअमृत तामाङको घरमा बस्दै आएकी ३० वर्षीया माया राई रहेको मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।
नोबेल अस्पतालमा उपचारको क्रममा नवजात शिशुको चैत २८ गते उपचारका क्रममा मृत्यु भएपछि लगत्तै शिशुकी आमा माया राई अस्पताल परिसरबाट भागेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मायाले २०७५ असारमा काठमाडौँमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केही समय उर्लाबारीमा प्रेमीसँग बस्दै आएकी माया गर्भवती भएको थाहा पाएपछि छाडेर भागेको बताइएको छ । पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्