ताकुकोट पुग्ने सडक कालोपत्रे गर्न ठेकेदारले ढिलासुस्ती गरेपछि सरोकारवालाहरुले दिए अल्टिमेटम

गोरखा । घ्याम्पेसाल बारपाक सुलिकोट गैरिछाप देउराली ताकुकोट गाउँपालिका कार्यालय पुग्ने सडकको कालोपत्रे गर्न ठेकेदार कम्पनीले धेरै ढिला सुस्ती गरेपछि सरोकारवालाहरुले छिटो काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले गोरखा जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसन सहित अल्टिमेटम दिएका हुन् ।
बारपाक सुलिकोट गाउँपालीकाबाट गाउपालीका अध्यक्ष बिष्णु भट्टसहित वडा अध्यक्षहरु, वडा सदस्य, बारपाक सुलिकोट गाउँपालीका माओबादी केन्द्र अध्यक्ष नरबहादुर गुरुङ सहित पार्टी प्रतिनिधिहरु,गाउँपालीका प्रशासन प्रमुख अन्य कर्मचारी र स्थानीयबासिहरू मिलेर डेलिकेसन गएका थिए । उनीहरु गाडी रिजर्भ गरेर ३ घन्टा यात्रा गरि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ७० जनाको छोलीसहित ठेकेदार निर्माण व्यबसायि, वाइबा एण्ड जेवीका प्रतिनिधिहरू बिरूद्द र गोरखा जिल्ला सडकको गैरजिम्मेदार बिरूद्द डेलिकेसनसहित अल्टिमेटम दिएको गाउपालीका अध्यक्ष बिष्णु भट्टले बताए ।
केहि दिन भित्रै यथासिघ्र जिल्लामा बैठक राखेर घ्यामेसाल गैरिछाप देउराली ताकुकोट सडक कालोपत्रे गर्न काम छिटै सक्न ठेकेदारलाई छिटो जिल्ला प्रशासन कार्यालयले दबाब दिन र यसको समाधान गर्न अल्टिमेटम दिएको छ । ‘यदी काम गर्न ढिला सुस्ती भएमा जिल्ला सडक कार्यालय र कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई समातेर जनताको सामु राखेर कालो मोसो दली जनकार्बाही गर्न बाध्य हुनेछौ’ माओबादी केन्द्र गाउपालिका अध्यक्ष नरबहादुर गुरुङले आक्रोस हुँदै भने ।
जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यान आकर्षण गराउदै गुरुङले भने ‘यदी केही दिन बाट काम सुरू गर्न बारपाक सुलिकोटले अल्टिमेटम दिएको छ १ जन्ताले दुस्ख पाउने र जन्ता आक्रोशले जनकार्बाही गरेमा यसको जिम्मेवारी जिल्ला प्रशासन र सडक डिभिजन गोरखाले लिनुपर्नेछ’। ‘हामी जनताको हितमा लडेको र जनताको सेवा गर्न राजनीति गरेको जनताको सेवा गर्न गाउँपालिका अध्यक्ष भएको हो ।
यदि जनतामाथी कसैले खेलवाड गर्छ भने त्यसको मूल्य ठुलो चुकाउन पर्छ’ गाउपालिका अध्यक्ष बिष्णु भट्टले जिल्ला प्रशासन कार्यालयमा भएको कुराकानीका क्रममा बताए । ‘जिल्ला समन्वय प्रमुख र जिल्ला प्रशासन प्रमुखले प्रतिबद्दता सहित छिटै निचोडमा जाने प्रतिबद्ध जनाउनु भयको छ । सो क्रममा उपस्थित जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू आक्रोशसहित प्रस्तुत भए’ सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ले भने।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्