नेदरल्याण्ड्सको रोटरड्याममा गोलीकाण्ड, १ प्राध्यापकसहित ३ जनाको हत्या

काठमाडौं । नेदरल्यान्ड्सको रोटरड्याम सहरका दुई बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । दुवै गोलीकाण्ड विश्वविद्यालयमा अध्ययनरत एक जना विद्यार्थीले गराएको प्रहरीले जनाएको छ ।
बन्दुक बोकेका आक्रमणकारीले पहिले एक स्थानीय महिला र उनकी छोरीलाई उनीहरूको घरमै गोली हानी मारेको र त्यसपछि विश्वविद्यालयको अस्पतालको कक्षाकोठमा पुगेर एक जना पुरुष प्राध्यापकको हत्या गरेको रोयटर्सले उल्लेख गरेको छ । ३२ वर्षीय शङ्कास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इरास्मस विश्वविद्यालयमा अध्ययनरत उक्त आक्रमणकारीले पहिले आफ्नो छिमेकमा एक जना ३९ वर्षीया महिला र उनकी १४ वर्षीया छोरीलाई घरमै छिरेर गोली हानेको थियो । ती महिलाको घटनास्थलमै र उनकी छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गोली प्रहारपछि आक्रमणकारीले उनीहरूको घरमा आगो लगाइदिएका थिए ।
त्यसपछि उक्त आक्रमणकारी इरास्मस विश्वविद्यालयसँग आबद्ध अस्पताल पुगेको र त्यहाँको कक्षा कोठामा प्रवेश गरी एक जना ४३ वर्षीय पुरुष प्राध्यापकको गोली हानी हत्या गरेको जनाइएको छ ।
प्राध्यापकको हत्यापछि उसले त्यहाँ पनि आगो लगाउने प्रयास गरेको जनाइएको छ । प्रहरीले उसलाई अस्पताल नजिकैबाट गिरफ्तार गरेको थियो । सैनिकले लगाउने जस्तो लुगा लगाएको एक जना व्यक्तिलाई प्रहरीले हतकडी लगाएर अस्पताल नजिकैबाट लिएर जाँदै गरेको दृश्य सामाजिक संजालमा देखा परेका थिए ।
हत्याको उद्देश्यबारे भने तत्काल केही थाहा नभएको जनाइएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा प्रहरीले ती आक्रमणकारी चिनिएको व्यक्ति भएको जनाएको छ । फाउद एल नाम गरेको उक्त व्यक्ति दुई वर्षअघि जनावरलाई दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएको प्रहरीले बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्