मनकामना अस्पताल तुम्लिङटारमा विशेषज्ञ सहितको स्वास्थ जाँच सेवा सुरु (तस्बिरहरू)

खांदबारी- संखुवासभाको खांदबारी – ९ तुम्लिङ्गटारमा रहेको मनकामना अस्पतालमा विशेषज्ञद्वारा स्वास्थ्य जाँच सेवा संचालन गरिएको छ ।
हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताल चावाहिका अध्यक्ष डा गुप्त बहादुर श्रेष्ठको संयोजकत्वमा दुई दिने स्वास्थ्य जाँच सेवा संचालन गरिएको हो । स्वास्थ्य जाँच सेवा प्रदान गर्न हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालका अन्य विशेषज्ञहरु पनि खटिएका छन् । स्वास्थ्य जाचका क्रममा गरिव, विपन्न तथा असाहय विरामीहरुका लािग स्थानीय निकायको सिफारिसका आधारमा छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।
स्वास्थ्य जाचका क्रममा पेट तथा कलेजो रोग, इन्डोस्कोपी सेवा, प्रसुती तथा स्त्री रोग, निशुल्क दन्त परिक्षण, निशुल्क पाठेघरको मुखको परिक्षण र निशुल्क आँखा परिक्षण गरि चस्मा बितरण हुने बताइएको छ । हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताल चावाहिका अध्यक्ष श्रेष्ठले हेल्पिङ्ग ह्याण्ड्सले नै अस्पतालाई आवश्यक सेवा प्रदान गरिरहेको र समय समयमा विशेषज्ञद्वारा नै सेवा दिने गरेको बताउनुभयो ।
हेल्पिङ्ग ह्याण्ड्सका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालमा विशेषज्ञद्वारा स्वास्थ्य जाच सेवा संचालन गरिएको बताउनुभयो । शुक्रवार देखि सुरु भएको विशेषज्ञद्वारा स्वास्थ्य जाच सेवा शनिबारसम्म चल्ने बताइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #तुम्लिङटार, #नारायण श्रेष्ठ, #मनकामना अस्पताल, #विशेषज्ञ डाक्टर सहितको सेवा, #संखुवासभा, #हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्