एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

काठमाडौं, ३१ भदौ । एसिया कप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि भारत र घरेलु टोली श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलंकाको कोलम्बोको आर प्रेमदास रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।
दुवै टिम एसिया कपमा सबैभन्दा सफल टिम हुन् । एसिया कपमा भारतले हालसम्म सातपटक उपाधि जितेको छ भने श्रीलंकाले छपटक उपाधि जितेको छ ।
आजको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
एसिया कपको सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
गत भदौ १३ गतेबाट सुरु भएको एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहेको थियो । पहिलो पटक एसिया कप खेलेको नेपाल समूह ‘ए’ मा रहेको थियो । नेपालको समूहमा भारत र पाकिस्तान रहेका थिए भने नेपाल दुवै टोलीसँग पराजित बन्दै एसिया कपबाट बाहिरिएको थियो ।
त्यस्तै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका थिए । अफगानिस्तान पनि समूह चरणबाटै बाहिरिएको थियो ।
सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेश पराजित बन्दै बाहिरिदा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्न लागेका हन् । यद्यपी सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #एसिया कप
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्