‘नाडा अटो शो’ को १५ औं संस्करण सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान सहित गाडीहरूको कुम्भ मेला ‘नाडा अटो शो’ को १५औँ संस्करण मंगलबारदेखि सुरु भएको छ । झकिझकाउ बनेको भृकुटी मण्डप परिषरमा यसपटक नयाँ ब्रान्ड र मोडलका सवारीसाधन प्रमुख आकर्षण बन्ने देखिन्छ ।
धेरै गाडी बिक्रेताहरूले यहि नाडा अटो शो–२०२३ का लागि सवारीसाधनको मर्मतसम्भारसँग सम्बन्धित विभिन्न कम्पोनेन्ट्सहरुले पनि मेलमा सहभागीता जनाएका छन् ।
शो का लागि स्टल निर्माणमा मात्रै २० करोड रुपैयाँ खर्च गरिएको छ। विभिन्न ब्रान्डका सवारी साधन तथा यसका पाटपूर्जा बिक्रेताले भाग लिने अटो शोमा एउटा स्टल बनाउन ७५ लाख रुपैयाँसम्म खर्च भइसकेको छ ।
तीन वर्षपछि आयोजना शोमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको स्टल रहनेछन् । अटो शोमा ग्राहकलाई आकर्षण गर्न ठूला गाडी बिक्रेताको हालीमुहाली छ । टाटा, बीवाइडी, सुजुकी, हुन्डाई, महिन्द्रा, फोर्ड जस्ता कम्पनीहरूले स्टल डेकोरेसनमा धेरै खर्च गरिरहेका छन् ।
टाटा, हुन्डाई, सेरेस, ओरा, फोर्ड, बिवाइडी, नेटा–भीे स्टल, टाटा, महिन्द्रा, सुजुकी, बिवाइडी, निसान, हुन्डाई र एमजी जस्ता कम्पनीले स्टलमा ठूलो खर्च गरेका छन् ।
नेपालमा अटोमोवाइलको वार्षिक कारोवार एक खर्ब हाराहारीमा रहँदै आएकोमा झन्डै ४० प्रतिशत हाराहारी दशैं तिहारमा बिक्री हुन्छ । यसरी कारोवार हुने अधिकांश सवारीको बुकिङ नाडा अटोशोमा हुने र त्यसपछि दशैं तिहारमा डेलिभरी हुने हुँदा हामीले २० अर्ब हराहारीको कारोवार हुने अनुमान गरेका नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष धु्रब थापाले बताएका छन् ।
अटो शोमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक तथा शिखर इन्स्यारेन्सले सहभागिता जनाएका छन् । बैंकहरूको यो सहभागिता अटोमोबाइल्स क्षेत्रमा बैंकहरू पनि लगानी गर्न उत्सुक रहेका छन् भन्ने हो ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #‘नाडा अटो शो’, #breaking
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्