एशिया कपको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ ।यो खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३स् १५ बजेदेखि खेल हुदै छ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।
यस एशिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ । समुह चरणमा भएको खेल बर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि बर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन ।
‘रिजर्भ डे’ हुने
भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ । एशियन क्रिकेट काउन्सिल ९एसीसी० ले कोलम्बोमा बर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ दे हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।
कस्तो छ इतिहास रु
क्रिकेट फ्यानका लागि भारत र पाकिस्तानबीचको खेल बहुप्रतिक्षित नै हुने गर्दछ । यस पटक पनि एशिया कपमा भारत र पाकिस्तानको खेल प्रति सबै क्रिकेट फ्यानको नजर रहेको छ । भारत र पाकिस्तानबीचको खेललाई क्रिकेटको एल क्लासिको पनि भनिन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।
त्यस्तै एशिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो ।
पछिलो समयमा भारत र पाकिस्तानबीच आइसीसी र एसीसीका प्रतियोगितामा मात्र खेल हुने गरेका छन् । दुवैबीच २००७(०८ यता कुनै टेस्ट सिरिज भएको छैन । त्यसपछि २०१२(१३ मा पाकिस्तान टिमले भारतको टूर गरेपनि २ टी(२० र ३ एकदिवसीय खेलको सिरिज मात्र खेलेको थियो । यस टूरमा टेस्ट खेल खेलिएको थिएन ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #एशिया कप
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्