अग्रज पत्रकार थापाले स्थापना गरे संखुवासभामा “पाँचखपन पत्रकारिता पुरस्कार”

खाँदबारी । सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिकाका निवासी अग्रज पत्रकार बलबहादुर थापाले “पाँचखपन पत्रकारीता पुरस्कार” स्थापना गर्नुभएको छ ।
पत्रकार महासंघ सङ्खुवासभाले सञ्चालन गर्ने गरि १ लाख रुपैयाँकाे पत्रकारीता पुरस्कार स्थापना गर्नुभएको हो ।
उक्त काेषबाट बार्षिक रुपमा एक जना सङ्खुवासभाका पत्रकारलाई ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । विशेष गरि पाँचखपन नगरपालिका भित्रका विभिन्न पक्षहरुकाे खाेजमुलक समाचारहरु लेख्ने पत्रकारहरु मध्ये एक जनालाई पुरस्कार दिईने छ । जस्काे लागि एक छनाैट समिति पत्रकार महासंघ सङ्खुवासभाले गठन गर्नेछ ।
पत्रकारीता पुरस्कार काेषकाे संरक्षक बलबहादुर थापालाई राखिएकाे पत्रकार महासंघ सङ्खुवासभा अध्यक्ष ईन्द्र गिरीले जानकारी दिनुभयाे ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #नेपाल पत्रकार महासंघ संखुवासभा, #पाँचखपन पत्रकारिता पुरस्कार, #बलबहादुर थापा, #संखुवासभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्