ओली सरकार अधिनायकवाद निरङकुश : शाही युवा शक्तिका जिल्ला अध्यक्ष महेन्द्र बिश्वकर्मा

राजसंस्था निकट शाही युवा शक्ति नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र बिश्वकर्माले ओली सरकार अधिनायकवाद निरङकुश भएको बताएका छन ।
बुटवलको ट्राफिक चोकमा भएको शाही युवा शक्ति नेपालको कार्यक्रममा उनले भने नेपाल अहिले बिदेशी एजेन्टहरुको क्रिणास्थल भएको भन्दै राजसंस्था पुनस्र्थापना नभए मुलुकको अस्थित्वनै समाप्त हुने छ । उनले निकट भबिस्यमै राजसंस्था पुनस्र्थापीत भएरै छाड्ने दाबी समेत गरे ।
शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले गणतन्त्र,संघीयता र धर्म निरपेक्षताको नाउँमा मुलुकमा ब्रमलुट मच्चिएको बताएका छन् ।
अध्यक्ष खड्काले परिवर्तनको नाउमा,नयाँ नेपालको नाउमा नेपालमा बिदेशी एजेण्डा लादिएको आरोप लगाउदै उनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि आन्दोलनमा उत्रिन राष्ट्रवादीहरुलाई आग्रह गरे ।
बुटवलमा भएको शाही युवा शक्ति नेपालको कार्यक्रमको अवसरमा श्रीमान गम्भीर राष्ट्रिय गान र गणतन्त्र मुर्दाबाद लगायतका नारा लगाएको कारण प्रहरीले शाही युवा शक्ति नेपालका पश्चिमान्चल प्रमुख पृतम खत्री र महेन्द्र बिश्वब्कर्मालाई नियन्त्रयामा लिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्