तीन दिन देशभर, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना,यस्तो छ महाशाखाद्वारा प्रकाशित बुलेटिन:

काठमाडाैँ, २८ बैशाख । शनिबारदेखि तीन दिन (सोमबार) सम्म देशभर मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बिहान महाशाखाद्वारा प्रकाशित बुटेलिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो स्थानीय र पश्चिमी वायुको प्रभाव हो। भोलि आइतबारदेखि यो अझ सक्रिय हुने उनको अनुमान छ।
यस्तो छ महाशाखाद्वारा प्रकाशित बुलेटिन:
जारी मिति: वैशाख २८ गते (शनिबार): बिहान ६:०० बजे
वैशाख २८ गते (शनिबार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
वैशाख २९ गते (आइतबार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति:देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।
वैशाख ३० गते (सोमबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
क्याटेगोरी : समाचार
ट्याग : #हावाहुरी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्