उपप्रधानमन्त्री यादवका पुत्रले गरे सरकारी गाडी कब्जा

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव ‘दीपेश’ले बुबाको पावरको दुरुपयोग गर्दै मन्त्रालयमा आतंक मच्चाएको गुनासो बढेको छ । मन्त्री यादवले आफ्नै छोरा अमरेन्द्रलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । अमरेन्द्रले सहसचिव सरहको सेवा सुविधा पाउँछन् ।
अमरेन्द्रले पदको दुरुपयोग गर्दै दुई वटा सरकारी गाडी कब्जा गरेका छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार अमरेन्द्रले जबरजस्ती दुई वटा गाडी लगेर दुरुपयोग गर्नुका साथै अन्य सेवा सुविधा पनि लिएका छन् ।
मन्त्री यादवको प्रमुख स्वकीय सचिव भएपनि अमरेन्द्र मन्त्रालयमा धेरै भेटिदैनन् । अधिकांश समय अमरेन्द्र विराटनगरमा बस्छन् । उनले सरकारी सुविधाको गाडी चढेर विराटनगरमा राजनीतिमा सक्रिय हुने गरेका छन् ।
तत्कालीन संघीय फोरमको विराटनगर महानगरपालिकाको नगर कार्यसमितिको अध्यक्ष समेत रहेका अमरेन्द्रले ती दुई वटा सरकारी गाडीहरू विराटनरतिर कुदाउने गरेको आरोप छ ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले आफ्नै छोरालाई विराटनगरको अध्यक्ष बनाएर राजनीतिमा आफ्नो उत्तराधिकारीका रुपमा अगाडि सारेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सरकारी गाडी कब्जा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्