शुक्रवारबाट हास्य ब्यंग्य सिरियल कुरा मात्र भो प्रसारणमा

आबैशाख २४ । अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य सिरियल कुरा मात्र भो यहि शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल हरेक शुक्रवार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारणमा आउन लागेको हो । कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच गत शुक्रवार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् ।
प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैसकेको उनले बताए । जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषय बस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ ।
सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए । साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भोको निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कुरा मात्र भो
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्