Techie IT
आईतबार, मंसीर १७,२०८०

अज्ञात समूहले डोटीमा वडा कार्यालय जलायो


डोटी – अज्ञात समूहले सोमबार राति बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगजनी भएको हो ।

आगो कसले र किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि केही समय अघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय नजिक सुनालेकमा रहेको अस्थायी प्रहरी चौकी नहटाए कारवाही गर्ने धम्की दिएका कारण उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको वडा नम्बर ४ का वडाध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयको ढोका तोडफोड गरेर सबै सामाग्री र कागजात एक ठाउँमा जम्मा पारेर आगो लगाइएको छ ।’

उज्यालो बाट साभार


क्याटेगोरी : समाचार
ट्याग : #वडा कार्यालय जलायो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:38 am5:08 pm +0545