बाख्राको मासु खाँदा १६ जना बिरामी

डोटी, २२ वैशाख । डोटीको आदर्श गाउँपालिका १ मेलगडामा बाख्राको काचो मासु खाँदा १६ जना बिरामी परेका छन् ।
शनिबार दिउँसो बाख्राको काचो मासु खाँदा बिरामी परेका उनीहरुको जिल्लाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी पर्नेमा बालबालिका र वृद्धवृद्धासमेत छन् । अस्पताल भर्ना भएका सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
१६ जना मध्ये चारजना उपचारपछि घर फर्किएका छन् । बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #बाख्राको मासु
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्