Techie IT
बिहीबार, मंसीर १४,२०८०

समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश


काठमाडौं । चार दलले समाजवादी मोर्चा घोषण गरेकै पहिलो दिन नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन । मंगलबार एमाले काठमाडौ जिल्ला कमिटिको कार्यालयमा जिल्ला अध्यक्ष दिपक निरौलाल र पोलीटब्यूरो सदस्य आनन्द पोखरेलले समाजवादीका ७ जना नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

एमाले प्रवेश गर्नेहरुमा नेकपा एसका जिल्ला सचिवालय सदस्य एवं अनेसंघका केन्द्रिय सदस्य राधा कुमारी दाहाल , कामनपा वडा नं ३० का सहसचिव राजनदेव जोशी , अनेम संघका लक्ष्मी रेग्मी , निर्मला पाठक , मेनुका महत , उषाकिरण बस्नेत र रन्जना शर्मा रहेका छन ।

उहाँहरुले आगामी चुनाव दूरगामी राजनीतिक परिघटना रहेको बताउँदै त्यसका लागि एमालेमा समाहित भएको बताएका छन्। उनीहरुले चुनावी गठजोड व्यक्तिगत स्वार्थका लागि हुन गइरहेको बताउँदै एमालेमा फर्किएको उल्लेख गरेका छन्।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल दुई जिब्रे प्रवृत्तिको कारण एमसिसिको बिवाद बल्झाएर गठबन्धनले अराजकता शृजना गरेको , दुई मित्र राष्ट्र अमेरिका र चिनका विरुद्धमा नागरिकमा भ्रम फैलिरहेको र बिवाधित नागरिकता बिध्येकमा सर्मथन गरेको बताउनुभयो ।नेकपा एमालेको उदेश्यनै जनताको समृद्धि भएकाले एमालेमा प्रबेश गरिएको बताएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एसका जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:08 pm +0545