बालेनले गर्दा भारतमा मच्चियो तहल्का, ओली भारतीय मिडियाको शिकार

। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कारण अहिले भारतमा तहत्का मच्चिएको छ ।
मेयर बालेनले आफ्नो कार्यकक्षमा भारतलाई टक्कर दिँदै ग्रेटर नेपालको नक्सा राखेपछि भारतमा यो विषयले झनै गर्मी बढाएको हो । भारतले नेपालको भूभागसमेत समेटिएको अखण्ड भारतको नक्सा नयाँ संसद भवनमा राखेपछि नेपालमा त्यसको चर्को विरोध हुँदै आइरहेको छ ।
सरकारमा रहेकाहरू चुइक्क बोल्न नसकेपछि प्रतिपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भारतको आलोचना गर्दै नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने माग गरिरहेका छन् । बालेनले पनि भारतलाई टक्कर दिँदै भारतीय भूमिसमेत समेटिएको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन् ।
बालेनले कार्यकक्षमा राखेको नक्सामा पूर्व टिस्टादेखि पश्चिम काँगडासम्मको क्षेत्र समेटिएको छ । जुन भू-भाग हाल भारतमा पर्छन् । सुगौलीसन्धीपछि नेपालले ६० प्रतिशत भूभाग गुमाएको थियो । जुन भूभाग बालेनले राखेको ग्रेटर नेपालको नक्सामा समावेश छ । हुन त बालेन अहिले भारतमै छन् । उनी श्रीमतीको उपचारका लागि भारत गएका हुन् । उनको कदमलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले विभिन्न शीर्षक दिएर प्राथमिकताका साथ समाचार प्रसारण तथा प्रकाशन गरिरहेका छन् ।
यस्तै, भारतीय सञ्चारमाध्यमले भारतीय कदलको विरूद्वमा खरो रूपमा उत्रिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरूद्व पनि विष वमन गरिरहेका छन् । ओलीले सरकार यो विषयमा चुपचाप रहेका बेला संसदमै भारतको विरोध गरेका थिए । जसले गर्दा ओलीविरूद्व पनि भारत खनिएको छ । यतिसम्म कि भारतीय सञ्चारमाध्यमले ओलीलाई चीन नजिक देखाउँदै आक्रोश व्यक्त गरिरहेका छन् । नेपालमा भने मेयर बालेनको साहस र भारतको कदमकोविरूद्वमा उत्रिएका ओलीको चौतर्फी प्रशंसा भइरहेको छ ।
नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सुगौली सन्धिपछि नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरिएको थियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।
भारतले पटक पटक नेपालको अखण्डता र स्वाधीनतामा हस्तक्षेप गर्दै आएको छ । अहिले भारतले लुम्बिनीसहित नेपालको भूमि समेटिएको नक्सा आफ्नो संसदमा राख्दा पनि प्रधानमन्त्री प्रचण्डले चुईक्क बोलेका छैनन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनले गर्दा भारतमा मच्चियो तहल्का
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्